बुटवल । बुटवल उपमहानगरपालिका–९ कालिकानगस्थित आईसीआई पथमा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार आज शुक्रबार विहान गुल्मीको मालिका गाउँपालिका–६ का २९ वर्षीय ज्योति विकको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले अर्घाखाँची पाणीनी गाउँपालिका–२ स्थायी घर भई हाल रुपन्देही सैनामैना नगरपालिका–६ मा बस्दै आएका बालकृष्ण न्यौपानेलाई पक्राउ गरेको छ । शुक्रबार विहान मानिसको हत्या भएको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा न्यौपानेलाई बुटवल–८ सुख्खानगरबाट पक्राउ गरेको हो ।
उनले टाउको लगायतका ठाउँमा ढुङ्गाले हानेर विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ सडक आश्रितका रुपमा रहेका उनीहरु आपसी विवादमा झगडा गर्दा घटना भएको प्रहरीले अनुमान गरेको छ । अभियुक्तमाथि रुपन्देही जिल्ला अदालतबाट म्यादथप अनुमति लिएर कर्तब्य ज्यानमुद्दामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्