पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द

काठमाण्डौ – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द भएको छ । विनयी खोलामा पानीको बहाव धेरै भएकाले गाडी चल्न नसकेको नवलपरासी प्रहरीले जनाएको छ ।

अस्ति राति डाइभर्सन बगाएर बन्द भएको सडक हिजो दिउँसोपछि केही खुलेको थियो । ६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहाँ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम हुने, गाडी फस्ने र दुर्घटनाको समेत जोखिम भएकोले सकेसम्म वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : शनिबार, असार ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij