भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ?

भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ?

काठमाडौं । ‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरुको उद्धार कार्यलाई संवेदनशिलता पूर्वक हेरेको प्रतिक्रिया दिएका छन् ।भारतमा फसेका ५७ नेपालीहरुको उद्धार गरी गड्डाचौकी नाकामा आइपुगेका निर्देशक जोजीले बन्धक बनाइएको घटनाको बारेमा एक महिना अघि नै थाहा भएपनि ताप्लेजुङको एकजना नेपाली युवा मृतक भेटिएपछि थप संवेदनशिल रुपमा काम गरेको बताए ।
उनले भने, ‘यो घटना एक महिना पहिला नै हामीलाई जानकारी आएको थियो । तर जब ताप्लेजुङको एकजना भाई मृतक भेटिए त्यसपछि थप चासो दिएका हौं ।  ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयबाट उठान भइसकेको उक्त केसलाई संवेदनशिलतापूर्वक हेरेका थियौ । जब उत्तराखण्डको प्रहरीसँगको सहयोगमा फसिरहेका नेपालीहरु भएको क्षेत्रमा पुग्यौं त्यसपछि थप अध्ययन सुरु गरेका हौं । त्यहाँ पुग्दा उनीहरुलाई लाइन लगाएर अन्य मान्छे बोलाउन लगाइरहेको अवस्था थियो । त्यसका लागि केही मान्छेहरु पनि खटाइरहेको थियो । एकदमै फोहोर कोठामा उनीहरुलाई राखिएको थियो । उनीहरुसँग सुत्न–बस्ने राम्रो व्यवस्था थिएन् । तीनवटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो । सुरुमा उनीहरु बोल्न पनि डराइ रहेका थिए । पछि विरेन्द्र शाही पक्राउ परिसकेको छ भन्ने थाहा पाएपछि नेपालीहरु आक्रोशित भएका थिए ।’
Butwal hospital
बन्धक बनेका एकजना युवका नेपालमा आमाको मृत्यु हुँदापनि घर आउन नदिएको भन्दै चरम यातना सहेर नेपालीहरु बस्न बाध्य भएको बताए । बन्धक बनाउने काममा विरेन्द्र शाही, मनिष तिवारीलगायत थुप्रै व्यक्तिहरु सक्रिय रहेको बताए ।
निर्देशक जोशीले भारतमा बन्धक बनाइएका उनीहरुलाई घर फेरेर राखेको तथा भगाउँदै गरेको अवस्थामा समेत फेला पारेको बताए । रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि उद्धार अघि बढाइएको जानकारी दिए । किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरिएको थियो ।
उनीहरुलाई बसमार्फत सीमा नाका गड्डाचौकीसम्म ल्याइएको हो । बुधबार सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ९डिआइजी०डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए।
उद्धार गरेर ल्याइएका सबैलाई कंचनपुरमा नै वासस्थानको प्रवन्ध गरि विहीबारबाट आ–आफ्नो गन्तब्यतर्फ पठाउन थालिएको छ । उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना छन् भने चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी अन्य छन् ।
निर्देशक जोशीको अगुवाइमा स्थापना भएको संस्थाले यसअघि पनि पटक पटक भारतबाट धेरै नेपालीहरुको उद्धार गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij