घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

गुल्मी

गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा मदाने गाउँपालिका–६ घ्युउपानीकी करिब ३१ वर्षीया लक्ष्मी थापा रहेकी छिन् । स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी थापाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।

 

उनी बिहीबार दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न जंगल गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा सोही वन क्षेत्रको किरा चौर भीरबाट करिब १५/२० मिटर तल खसेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ ।

 

प्रहरीका अनुसार मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा छन् भने उनका दुई छोरा छन् ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij