लुम्बिनी होटल संघ नेपालको भोजनदान कार्यक्रम

लुम्बिनी होटल संघ नेपालको भोजनदान कार्यक्रम

भैरहवा, लुम्बिनी होटल संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानवसेवा आश्रममा भोजनदान कार्यक्रम गरेको छ । संघको सातौं स्थापना दिवसको अवसरमा शुक्रबार आश्रममा कार्यक्रम गरिएको महासचिव पुरुषोत्तम अर्यालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानवसेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताउनुभयो । उहाँले समाजमा केही गर्नुपर्छ भन्ने हेतुले आश्रममा कार्यक्रम गरिएको बताउनुभयो । व्यवसायीले नाफा कमाउने मात्र नभइ नाफाको केही प्रतिशत समाजसेवामा खर्च गर्नुपर्ने उहाँको भनाइ थियो ।

संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले मानवसेवा आश्रमको स्वच्छ वातावरण हेरेर खुसी लागेको बताउनुभयो । उहाँले यो आश्रममा थप सहयोगका लागि विदेशी संघ–संस्थासँग पहल गर्ने बताउनुभयो । ‘पवित्र ठाउँमा पुगेर केही कार्यक्रम गरौं भनेर आएका हौं, यहाँ आश्रय लिनुभएका व्यक्तिहरुलाई बिहानको एक छाक खाना खुवाएका छौं । विभिन्न संघ–संस्थाहरुले आफ्नो स्थापना दिवस मानवसेवा आश्रममा मनाउन सक्छन्, ’उहाँले भन्नुभयो ।

मानवसेवा आश्रमको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले हाल आश्रममा १४० जना रहेको जानकारी दिनुभयो । उहाँले २०६९ साल भदौ १६ गते हेटौंडाबाट मानव सेवा आश्रम स्थापना भएको बताउनुभयो । उहाँले कोही पनि खाना र कपडाबाट वञ्चित भइ कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले मानवसेवा आश्रमको स्थापना भएको बताउनुभयो । सबै मिलेर सडक मानवमुक्त नेपाल बनाउने अभियानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी होटल संघका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : शनिबार, असार २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij