काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
आफ्नो ७९ औं जन्मदिनका अवसरमा निर्मल निवासमा आयोजित कार्यक्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्।
उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने पनि बताए।
‘यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो।’ उनले भने, ‘हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन हामी भित्र नेपाल हुनुपर्छ अनि मात्र नेपाली हुन्छौं।’
उनले अहिले वर्षाको समय भएकाले बाढी, पहिरो र डुबानका साथै पानीजन्य विमारी पनि हुने भएकाले सबैलाई शतर्क भएर बस्न पनि आग्रह गरे।
प्रकाशित मिति : सोमबार, असार २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्