पाल्पा बुटवल सडकखण्ड पहिरोले अवरुद्ध

पाल्पा बुटवल सडकखण्ड पहिरोले अवरुद्ध

पाल्पा– सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका-५ जोरधारामा बुधबार बिहान माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। करिब एक घण्टा अघि पहिरो खसेको हो।

पहिरो पन्छाउने काममा लागिरहे पनि पानी परिरहेकाले राजमार्ग कति वेला खुल्छ भन्ने यकिन नरहेको मल्लले बताए।

पोखराबाट बुटवल र बुटवलबाट पोखरा, गुल्मी, बागलुङ जाने सवारी साधन बिच बाटोमा रोकिएका छन्। टाढा टाढा हिंडेका सयौँ यात्रु अलपत्र परेका छन्।

 

यसअघि तिनाउ गाउँपालिका-३ सिद्धबाबा क्षेत्रमा पहिरो खसेर बिहानै देखि राजमार्ग अवरुद्ध भएको थियो। यहाँ सडक एकतर्फी खुलेको छ।

 

यसैबीच पाल्पा-गुल्मी सडक पनि अवरुद्ध भएको छ। रिब्दीकोट गाउँपालिका(३ देउरालीस्थित मालमूलमा पहिरोले सडक अवरुद्ध भएको हो। यहाँ पनि पहिरो पन्छाउने काम भइरहेको मल्लले बताए।

 

गुल्मी जाने सवारी साधन अर्गलीबाट रानीमहल हुँदै तानसेन आउने गरेका छन्।

प्रकाशित मिति : बुधबार, असार २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij