तिलोत्तमा, जानकीनगर आमा समूहको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
तिलोत्तमा नगरपालिका वडा नं तीन मा रहेको जानकीनगर आमा समूहको साधारण सभा तथा अधिवेशन आज शनिवार सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिका वडा नं तीनका अध्यक्ष कल्याण प्रसाद पौडेलले जानकीनगर आमा समूह वडाभरिमै प्रशंसा योग्य रहेको, समूहले थोरै थोरै बजेटबाट उत्पादनमूखी कार्यक्रम गर्दै आएको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो। सो अबसरमा उहाँले समूह निर्माण गरेर मात्र नहुने समूहले ऐक्यबद्धताका साथ सामाजिक कार्यमा समेत सक्रिय र सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
आजको कार्यक्रममा अध्यक्ष मन्जु गौतमले बार्षिक प्रगति समिक्षा गर्दै आगामी कार्यक्रमका बारेमा योजना प्रस्तुत गर्नु भएको थियो। साथै कोषाध्यक्ष निर्मला अर्याल ले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
दोश्रो अधिवेशनका अवसरमा गिता रानाको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको छ जसको उपाध्यक्षमा इन्द्रा जि सी , सचिबमा रीता गिरी, कोषाध्यक्षमा लिला भण्डारी तथा सह सचिव मा शान्ति अधिकारी चयन हुनुभएको छ। समितिको सदस्यहरुमा क्रमश रन्जना मरासिनी, शान्ति सिग्देल, लक्ष्मी कार्की तथा सुमित्रा गौतम सर्वसम्मत चयन हुनुभएको छ।
साथै जानकीनगर आमा समूहमा रहेका हरेक पथबाट एक एक जना प्रतिनिधि रहनेगरि आजै उप समिति पनि चयन गरिएको निर्वाचन समितिको संयोजक सकुन्तला शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा समूहलाई हरेक क्षेत्रबाट बर्षभरिमा सहयोग पुर्याउने करिब दुई दर्जन ब्यक्तिहरुलाई सम्मान गरिएको थियो। एक सय एकानब्बे सदस्य रहेको समूहको आजको कार्यक्रममा समूहको सक्रियतामा बनेका जुत्ता चप्पल लगाएर समूहका सदस्यहरु उपस्थित हुँदा कार्यक्रममा छुट्टै रौनक देखिएको थियो। भने समूहको तर्फबाट तरकारी बजार गर्न मिल्ने झोला निर्माण गरि निशुल्क रुपमा बितरण समेत गरेको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी घिले, वडा नं तीनमा रहेका आमा समूहको तर्फबाट सुनौलो नगर आमा समूहको अध्यक्ष भगवति अर्याल, वडा स्तरीय टोल सन्जालका अध्यक्ष राजु प्रसाद उपाध्याय, बरिष्ठ सल्लाहकार राममाया घिमिरे लगायतले बोल्नुभएको थियो। समूहका उपाध्यक्ष गीता रानाको स्वागत मन्तब्य तथा सचिव कल्पना शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, असार २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्