बुटवल , बुटवलको कालिकानगरमा स्कुटर दुर्घटनामा परी सोमबार एकजनाको ज्यान गएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो । वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाईसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहानै साढे ५ बजेतिर दुर्घटनामा परेका थिए ।
लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिसलेनमा रोकिराखेको ना। २ ह ७५३ नं। को अटोरिक्सा सँग ठोक्किएर दुर्घटनामा परेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । दुर्घटना भएको खबर पाउने वित्तिकै घटनास्थल पुगेको वडा प्रहरी कार्यालयको टोलीले श्रेष्ठलाई दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारेका थिए ।
प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठलाई मात्र पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैको सिसिटिभी फुटेज हेर्दा अटोरिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो । त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नं। २ मैनाबगरमा लुकाएको अवस्थामा अटोरिक्सा फेला परेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । अटोरिक्साका चालक भने फरार रहेको प्रहरीले बताएको छ । अटो रिक्सा र स्कुटरलाई नियन्त्रणमा लिई चालकको खोजि भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्