काठमाडौं
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई थाती राखेर मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्ने भएको छ । शिक्षा विधेयकमा शीर्ष तहमा सहमति नजुटेपछि समितिले मिडिया काउन्सिल विधेयक आइतबार छलफलमा लैजाने निर्णय गरेको हो ।
विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवा, स्थायित्व, औसत अंक जस्ता विषयमा विवादित बनेको छ । शिक्षा मन्त्री रघुजी पन्तले पटक–पटक समय माग्दै विधेयक अगाडि बढाउन ढिलाइ गर्दै आएका छन् ।
असार १५ गतेभित्र पारित गर्ने सहमति भए पनि प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम हुन नसक्दा विधेयक अड्किएको हो ।
यता मिडिया काउन्सिल विधेयक भने राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगेको छ । प्रेस काउन्सिललाई रूपान्तरण गरी स्वायत्त मिडिया नियामक निकाय बनाउन विधेयक ल्याइएको जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, साउन ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्