रसुवा – नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीको मितेरी पुलमा चिनियाँ पक्षले बेलीब्रिज निर्माण शुरु गरेको छ । अघिल्लो महिना बाढीले बगाएको मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य शुरु गरिएको हो । यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः शुरु हुने अपेक्षा गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुलमा क्षति पुर्याएको थियो । पक्की पुल निर्माणका लागि साविकको ठाउँलाई यथावत् छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण शुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
पौडेलका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि पहिलो चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्नेछ । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको छ । बेलीब्रिजको निर्माण आउँदो भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ पक्षको तयारी छ ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्