बुटवलको चौराह अस्पतालमा डेंगु परीक्षण नि:शुल्क

बुटवलको चौराह अस्पतालमा डेंगु परीक्षण नि:शुल्क

बुटवल । बुटवलको एक अस्पतालले डेंगु परीक्षण निशुल्क गर्ने भएको छ ।

बुटवलको कालिकानगरमा रहेको चौराह अस्पतालले डेंगुको शंका लागेका बिरामीको डेंगु लागे/नलागेको परीक्षण निशुल्क गर्ने अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले बताए ।

उनका अनुसार डेंगु परीक्षणका लागि अस्पतालले १ जना बिरामीका लागि १ हजार ८ सय रुपैयाँ खर्च गर्ने छ । तर यो सुविधा विपन्न वर्गका लागि मात्रै हो ।

अस्पतालका अध्यक्ष ज्ञवाली आफै डेंगु संक्रमित भएपछि अस्पतालले १ हजार जना विपन्न वर्गका बिरामीको डेंगु परीक्षण निशुल्क गर्न लागेको हो ।

६ महिनादेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको अस्पतालमा अहिलेको सिजनमा डेंगु परीक्षण गरेका ३ सय ६० जना बिरामीमध्ये ३० जनामा डेंगु पाइएको जनाइएको छ ।

अस्पतालका डा. विवेक मल्लले विपन्न वर्गका बिरामीलाई सहज होस् भन्ने हिसाबले निशुल्क परीक्षण गर्ने सुविधा दिएको बताए ।

प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij