ज्येष्ठ नागरिकलाई सेवा दिन तिलोत्तमामा छत्रकोट गाउँपालिकाको एकीकृत शिविर

ज्येष्ठ नागरिकलाई सेवा दिन तिलोत्तमामा छत्रकोट गाउँपालिकाको एकीकृत शिविर

तिलोत्तमा, गुल्मीको छत्रकोट गाउँपालिकाले विभिन्न कारणले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा अस्थायी रुपमा बसोबास गर्ने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई तिलोत्तमाको डिङ्गरनगरमा एकीकृत शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरेको छ ।

सम्बन्धित वडामा पुगेर परिचयपत्र नवीकरण गर्न नसक्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको सहजताको लागि गाउँपालिकाले तिलोत्तमामा एकीकृत शिविर सञ्चालन गरेको हो । शिविरका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कर्मचारीहरुको टोली तिलोत्तमा आएको छ ।

रुपन्देहीसहित आसपासका जिल्लामा ३ सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक बस्ने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकाले शनिबार डिङ्गरनगरको श्रृंगेश्वर धाममा एकीकृत शिविर सञ्चालन गरेको हो । शिविरबाट सेवा लिन यस क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु बिहानै श्रृंगेश्वर धाम पुग्नुभएको थियो । आफ्ना छोराछोरीको पेशा, व्यवसाय, रोजगारी र आफ्नैं उपचारको लागि तराईमा बस्नुभएका ज्येष्ठ नागरिकले आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता परिचयपत्र आफू बसेकै ठाउँबाट गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

संघीय सरकारले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणको लागि बायोमेट्रिक अनिवार्य गरेकोले नवीकरण कार्यको लागि लाभग्राही स्वयं उपस्थित हुनुपर्छ । यही कारणले गाउँपालिकाले नवीकरण शिविर सेवाग्राही बसोबास गर्ने क्षेत्रमा सञ्चालन गरेको हो । गाउँपालिकाले काठमाडौंमा समेत यस्तै प्रकारको शिविर सञ्चालन गरेर ७१ जनाको परिचयपत्र नवीकरण गरेको छ । झण्डै २० हजार जनसंख्या रहेको छत्रकोट गाउँपालिकाले पहिलोपटक यसरी एकीकृत शिविर सञ्चालन गरेको हो ।

सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भए पनि कतिपयले राष्ट्रिय परिचयपत्र नबनाउँदा समस्या देखिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij