हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

नवलपरासी – हिजोदेखि अवरुद्ध भएकाे बुटवल–नारायणगढ सडक खण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सडक खण्ड सञ्चालनमा आउन नसकेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले निरन्तरजसो पानी परेकाले अवरुद्ध सडक सञ्चालन गर्न नसकेको बताउनुभयो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर हिजो ‘ग्राभेल’ राखे पनि आवागमन सहज हुन नसकेको उहाँको भनाइ छ । दाउन्ने क्षेत्रको सडकमा हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा थप समस्या भएको छ ।

२४ घण्टादेखि सडक अवरुद्ध भएपछि अहिले सयौं यात्रु र गाडीका चालक बीच बाटोमा रोकिएका छन् । बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यो क्षेत्रमा सामान्य पानी पर्दा पनि सडक अवरुद्ध हुने गरेको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा भने समस्या नरहेको तर जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij