बुटवल, गुल्मीको सत्यवती गाउँपालिका डहरे खोलाले कार बगाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिका वडानम्बर ६ उल्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ आउँदै गरेको बी एए ००१७ नम्बरको कार बगाएको हो।
मंगलबार बिहान पौने १२ बजेतिर डहरे खोलाले बगाएर कारलाई ५० मिटर तल पुऱ्याएको थियो। स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कार कान्तिपुर दैनिकका पत्रकार घनश्याम गौतमले चलाएका थिए।
संसदिय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष समेत रहेका गौतमसँगै उनका साथीहरू गाडीमा सवार थिए।
खोलामा गाडी पार गर्न नसकेपछि गाडीमा सवार चारै जना उत्रीएपछि गाडी बगाएकोले मानवीय क्षेती हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्