माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु

माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी , माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका‐८ रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

चन्द्रकोट गाउँपालिका‐८ रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीको डिलमा हिजो बेलुकीपख पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।

उक्त घटनाको जानकारीप्राप्त भएपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश क्याम्पबाट प्रहरी सहायक निरीक्षक विकास परियारको नेतृत्वमा गएको दश जना र प्रहरीचौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक शिवधन कुडहरियाको नेतृत्वमा गएको पाँच जनाको संयुक्त टोलीले खत्रीको शव डुबेको अवस्थामा पोखरीबाट बाहिर निकालेको थियो।

घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

प्रकाशित मिति : बुधबार, साउन २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij