तनहुँमा बस–माइक्रो दुर्घटना, २१ जना घाइते

तनहुँमा बस–माइक्रो दुर्घटना, २१ जना घाइते

तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गामा आज साँझ भएको बस र माइक्रोबस दुर्घटनामा २१ जना घाइते भएका छन्।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१-००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो एकआपसमा ठोक्किँदा बसमा सवार ११ र माइक्रोमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेमध्ये केहीको परिचय खुलेको छ—तनहुँ व्यास–१० की २९ वर्षीया आशा दरै र २० महिनाकी साइन दरै, लमजुङकी गीता थापा कुँवर र उनकी छोरी अंशु कुँवर, नवलपरासीका विशाल लामिछाने, तनहुँका सोमबहादुर परियार, चितवनका पर्शुराम भट्टराई लगायत छन्।
त्यसैगरी, कास्की, म्याग्दी, महोत्तरी, नवलपुर र धादिङका यात्रुहरू पनि घाइते भएका छन्।

घाइतेहरूको उपचार पोखरा मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज र लक्ष्मी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij