चितवन – सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोमा ढुङ्गासमेत खसेकाले पन्छाउन केही समय लाग्ने भए पनि छिट्टै सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् ।
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्