नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई

नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आवद्ध ६३ वटा जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३८ औं स्थापना दिवसको अवसरमा यहि शनिबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा ‘नेफ्स्कून उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरेको छ ।
नेफ्स्कूनमा आवद्ध नेपालभरीका ६३ जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडलाई ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सर्बोत्कृष्ट भएको थियो ।
कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सम्मानित रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । कार्यक्रममा रुस्कूनका पदाधिकारीहरु लेखा समिति एवं व्यस्थापक सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij