बुटवल १४ र १५ मा सुकुम्बासीका लागि जग्गा नापजाँच सुरु

बुटवल १४ र १५ मा सुकुम्बासीका लागि जग्गा नापजाँच सुरु

बुटवल – बुटवल उपमहानगरपालिकाले वडा नं. १४ र १५ का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच कार्य सुरु गरेको छ । मंगलबार नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाको उपस्थितिमा नापजाँचको औपचारिक सुरुवात गरिएको हो ।

नगर प्रमुख पाण्डेयले अब लालपुर्जा वितरण गर्ने उद्देश्यसहित नापजाँच अघि बढाइएको बताए । उनका अनुसार तिनाउपारिका वडाहरूमा काम अन्तिम चरणमा पुगेको छ भने बाँकी टोलहरूमा पनि छिट्टै कार्य तीव्र गतिमा अघि बढाइनेछ । “नापी सकिएका जग्गाधनीले कानुनी प्रक्रिया पूरा गरेपछि तीनदेखि चार महिनाभित्र लालपुर्जा पाउनेछन्,” उनले भने ।

पाण्डेयले नापजाँचका लागि आवश्यक स्रोत र साधन उपमहानगरपालिकाले व्यवस्थापन गरिसकेको जानकारी दिँदै लालपुर्जा वितरण गर्दा लाग्ने राजश्व भने संघीय सरकारको खातामा जम्मा हुने स्पष्ट पारे ।

उपप्रमुख सावित्रादेवी अर्यालले नापजाँचलाई सहज र अवरोधमुक्त बनाउन टोल विकास संस्था र वडा कार्यालयसँग सहकार्य गरिएको बताइन् । उनले भनिन्, “नगरबासीलाई कानुनी जग्गाधनी बनाउन उपमहानगरपालिका प्रतिवद्ध छ, यसका लागि सबैको सहकार्य आवश्यक छ ।”

त्यस्तै, भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले जिल्लामा हालसम्म ७७ हजार अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन परिवारका निवेदन दर्ता भएको जानकारी दिए । उनले आयोग शक्तिशाली रहेकाले पदाधिकारी परिवर्तन भए पनि काम निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : बुधबार, भाद्र ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij