नेपाल महिला संघको तीज मिलन कार्यक्रम सम्पन्न

नेपाल महिला संघको तीज मिलन कार्यक्रम सम्पन्न

तिलोत्तमा,

नेपाल महिला संघ तिलोत्तमा वडा नं ३ ले हरितालिका तिजकोअबसरमा तीज मिलन कार्यक्रम गरेको छ । गत बर्ष जस्तै यस बर्ष पनि नेपाल महिला संघले नेपाली कांग्रेसमा आस्था राख्ने वडाका महिला दिदीबहिनीहरुका लागि तिजमिलन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति एवं तिलोेत्तमा नगरपालिका का नगरप्रमुख रामकृष्ण खांणले आफ्नो क्षमताले सक्ने गरी सुलभ र सरल तरिकाले चाडबाड मनाउन आग्रह गर्नु भयो । उहाँले मानवता जोगाउँदै संस्कृतीको जर्गेना गर्न पनि अनुरोध गर्नु भयो । तीज धार्मीक ,सांस्कृतिक ,सामाजिक, तथा आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण चाडका रुपमा रहेको उल्लेख गर्दै उहाँले यो पर्वलाई तडकभडक होइन स्वच्छ मनले सबैले मनाउनु पर्ने उल्लेख गर्नुु भयो ।

 

नेपाल महिला संघ तिलोत्तमा वडा नं ३ का सभापति हिरा पौडेल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं प्रजातान्त्रिक महासंघ लुम्विनी प्रदेश अध्यक्ष चित्र बहादुर केसी , नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे वडा नं तीनका जनप्रतिनिधि चुडा कुमारी विष्ट लगायतले हरितालिका तीजको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा नेपाली काँग्रेस साविक आनन्दवन वडा नं ९ का पुर्व सभापति बिष्णु न्यौपाने तथा हुमकला न्यौपानेलाई सम्मान गरिएको थियो।

तिलोत्तमा वडा नं तीन स्थित रेडिसन होटल एण्ड पाटिप्यालेसमा भएको कार्यक्रममा करिब तीन सय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव कल्पना शर्माले गर्नुभएको हो ।

।

प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij