रुपन्देही प्रहरीले डेढ करोड बढीको अबैध सामान बरामद

रुपन्देही प्रहरीले डेढ करोड बढीको अबैध सामान बरामद

रूपन्देही, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रुपैया बराबरको अवैध विद्युतिय चुरोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २ च ६३०३ नम्बरको पिकअप जिपमा शङ्का लागेपछि रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा बिलबिनाका अवैध सरसामान फेला परेको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

 

कार्कीका अनुसार जिल्ला रूपन्देहीको मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको उक्त पिकअपमा ठूलो परिमाणमा विभिन्न प्रकारका इलेक्ट्रोनिक भेप, फ्लेभर र प्याकेजिङका सामानहरू बरामद भएका हुन् ।

 

बरामद गरिएका सामानहरूमा विभिन्न कम्पनीका फ्लेभर ९२७ कार्टुन , इलेक्ट्रोनिक भेप विभिन्न मोडलका ५८६१ पिस, इलेक्ट्रिक मिक्सचर, प्लाष्टिक प्याक गर्ने मेसिन र प्याकेजिङ प्लाष्टिक रहेका छन् । यी सबै सामानको कुल मूल्य रु १ करोड ५६ लाख २५ हजार रुपैया रहेको छ ।

साथै, प्रहरीले सो कार्यमा प्रयोग भएको रु १५ लाख बराबरको पिकअप जिप र चालक नारायण अग्रहरी बनियाँलाई समेत नियन्त्रणमा लिएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान, गाडी र चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रूपन्देही पठाइएको कार्कीले जनाए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij