नेपालमा प्रयाप्त अबसर र संभावना र अपरचुनिटीरहेको र ती अवसरलाई क्यास गर्न प्रजिअ पाण्डेको सुझाव

नेपालमा प्रयाप्त अबसर र संभावना र अपरचुनिटीरहेको र ती अवसरलाई क्यास गर्न प्रजिअ पाण्डेको सुझाव

बुटवल
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले नेपाल अबसर र संभावना र अपरचुनिटी भएको देश भएको भन्दै यी अवसरहरुलाई क्यास गर्न सक्नु पर्नेमा जोड दिनु भयो । रोट्याक्ट क्लब अफ बुटवलको २८ औ पदहस्तान्त्ररण समारोहमा प्रमुख अतिथीको रुपमा आमन्त्रीत प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले अवसरका लागि विदेश नै जानु पर्ने भन्ने भाष्यवाट अलग रहन युवा जमातलाई सुझाव दिनु भयो । उहाँले रोटरीमा लाग्नेहरुवाट अरुले पनि सिक्न जरुरी रहेको भन्दै डां पाण्डेले रोटरीले नेतृत्व विकास सामाजिक कार्य र व्यवसायलाई कसरी सफल बनाउने भन्ने कुरालाई बढी प्राथमिकता दिने गरेको पनि सुनाउनु भयो । उहांले अल्छी मानिस नै गरीबी हुने भएकाले धनी वन्का लागि जागरिलो हुनु परयो काम गर्नु परयो र नहुनेहरुलाई दिन सक्ने र नभएकाहरुको आवश्यकता पुरा गर्नका लागि मानविय सेवाले ओतपोत तथा आध्यात्मिकलाई संगै अगाडी बढाउन सुझाव दिनु भयो ।
पदहस्तान्त्ररण समारोहमा रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले रोटरीमा लाग्नेहरुको नेतृत्व विकास र सामाजिक सेवाभाव अभिप्ररित हुने भएकाले यसमा लाग्ने हरु सफल व्यवसायीका रुपमा स्थापित हुने बताउनु भयो ।
रोट्याक्ट क्लब अफ बुटवलका पूर्व अध्यक्ष वोनिन पिया र सुरज भट्रराईले विजनेश प्रमोशन र युवा जमातलाई आफ्नो भविस्यकस्तो वनाउने भन्ने वारेमा ग्यारेन्टी गर्नका लागि रोटरीको मुभमेन्टमा जोडिन सुझाव दिनु भयो । रोटरीमा लाग्नेहरु विदेशिनु नर्पर्नेमा समेत उहाहरुले जोड दिनु भयो ।
वर्ष २०२५ । २६ का लागि नव निर्वाचित अध्यक्ष कृष्ण अधिकारीलाई वर्ष २०२४ । २५ का अध्यक्ष दिपेश अग्रहरीले पद हस्तान्त्ररण गर्नु भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारीले कनेट, क्रियट र कन्टीव्युटलाई आत्मसाथ गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा प्रिसिडेन्ट नोमिनी भेषराज पोखरेल, प्रिसिडेन्ट ईलेक्ट कृष्ण प्रसाद बस्याल कोषाध्यक्ष अजय कुमार यादव,इन्टयाकट कल्व अक्सफोडका अध्यक्ष श्याम चौधरीले भनाई राख्नु भएको सचिव चिरन्जिवी गैरेले बताउनु भयो ।

 

प्रकाशित मिति : शनिबार, भाद्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij