शिक्षा विधेयक सच्याउन माग गर्दै बुटवलका सडकमा स्कुल बस र्याली

शिक्षा विधेयक सच्याउन माग गर्दै बुटवलका सडकमा स्कुल बस र्याली

बुटवल,  विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय संचालकहरुले सोमबार देशैभरी सडकमा कालो झण्डा सहित स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन् ।

उनीहरुले विद्यालय शिक्षा विधेयक बाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै विगत एक महिना देखि आन्दोलनमा छन् । आन्दोलनकै कार्यक्रम अन्तरगत सोमबार उनीहरुले देशैभरीका सडकमा स्कुल बस ¥याली निकालेर बिरोध प्रदर्शन गरेका हुन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएलगायतका निजी शैक्षिक संस्थाका संगठनहरुले संयुक्त रुपमा ञ्र्यालीमा निकालेका हुन् ।

सोही कार्यक्रम अन्तरगत रुपन्देहीका विभिन्न स्थानमा निजी विद्यालय संचालकहरुले सडकमा बस र बसमा कालो झण्डा राखेर सरकारको विरोध प्रदर्शन गरेका थिए । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिदै आइ रहेका छन् । आफ्ना माग पुरा नभए विभिन्न समयमा विभिन्न खाले आन्दोलन र संघर्षका कार्यक्रम जारी राख्ने आन्दोलन परिचालन समिति रुपन्देहीका सदस्य तथा हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेले बताउनुभयो ।

शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द नहटाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उहाँले बताउनुभयो । सरकारले शिक्षा विधेयकमा भएका र सच्चाउन भनेका बुदाहरु नसच्चाएमा आन्दोलनका कार्यक्रम जारी राख्ने एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले बताउनुभयो । केन्द्रीय सर्कुलर अनुसार नै रुपन्देहीमा पनि कार्यक्रमहरु भई रहेको र निरन्तर हुने प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij