काठमाण्डाै – भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ ।
त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे तीन घण्टा काठमाण्डौबाट चन्द्रग्रहण देखिनेछ । यो ग्रहण यसवर्षको पहिलो ग्रहण हो ।
यसै वर्ष फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्