भैरहवा, । रुपन्देहीका विभिन्न सरकारी कार्यालयमा मंगलबार आगजनी तथा तोडफोड गरिएको छ । जिल्लाको सदरमुकाम भैरहवा तथा बुटवलमा रहेका विभिन्न सरकारी कार्यालयमा प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेका हुन्
आगजनी तथा तोडफोडबाट जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, ईलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवल लगायत कार्यालयहरुमा क्षति भएको छ । त्यस्तै प्रदर्शनकारीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरुले जनप्रतिनिधिका घरहरुमा पनि तोडफोड तथा आगजनी गरेका छन् । साथै उनीहरुले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी गरेका छन् ।
भाटभटेनी सुपर मार्केट, बोधी होटल रेडसन, मौर्य होटल, ड्रिमल्याण्ड रिसोर्ट, ड्रिम इन्टरनेश्नल होटेल, टुलिप होटलमा पनि तोडफोड गरेका छन् । ‘जेनजी पुस्ता’ का आन्दोलनकारीलाई संयमित हुन आग्रह गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्