तिलोत्तमा – रुपन्देही जिल्लामा केही दिनदेखि जारी अस्थिर अवस्था सामान्य बन्न थालेको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले केही दिनयता लागु गरेको कफ्र्यु आदेश हटाएसँगै अवस्था सामान्य बन्न लागेको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरिएको कफ्र्यु र निषेधाज्ञा हटाएपछि जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए । कफ्र्यु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले आवश्यकता परेमा पुनः कडाइ गरिने बताए ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्