काठमाण्डाै – अवरुद्ध नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । चितवनको तुइनखोलामा माथिबाट खसेको पहिरो केही बेरअघि हटाएसँगै सडक एकतर्फी खुलेको हो ।
सडक दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम निरन्तर गरिने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । अहिले सडक खुलेपछि रोकिएका गाडी र यात्रु विस्तारै गन्तव्यतर्फ लाग्न थालेका छन् । गाडी चालकलाई हतार नगर्न र लेन अनुशासनको पालन गर्न डिभिजन सडक कार्यालयले आग्रह गरेको छ ।
अस्ति शुक्रवार बेलुकादेखि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले सडक खुलेसँगै केही सहज भएको बताउनुभयो । उहाँका अनुसार लामो जाम सहज हुन भने समय लाग्नेछ ।
मुग्लिनबाट झन्डै साढे २ किलोमिटर नारायणगढतर्फ पर्ने तुइनखोलामा सडक अवरुद्ध थियो । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका थिए ।
मनसुन अझै सक्रिय भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने, सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्न सक्ने जोखिम हुने हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न विभागको अनुरोध छ ।
प्रकाशित मिति : आइतबार, असोज ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्