देशभर बदली, केही ठाउँमा अत्यधिक बर्षा

देशभर बदली, केही ठाउँमा अत्यधिक बर्षा

काठमाण्डौ – दशैंको मुख्य दिनहरु सुरु भइसक्दा पनि देशभर बर्षा र बदली भइरहेको छ । दशैंमा घमाइलो दिन हुने गरेकोमा यस वर्ष आज फुलपातीका दिन पनि देशका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको हो । काठमाण्डौ उपत्यका सहितका धेरै ठाउँमा गएरातीदेखि नै पानी परिरहेको छ ।

देशका कतिपय ठाउँमा अत्यधिक बर्षा समेत भएको छ । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार रूकुमपश्चिमको बाफीकोटमा पछिल्लो १२ घन्टामा एक सय ४६ दशलमव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा ८३ दशमलव ४, कास्कीको लामापाटनमा ६० मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भई कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेर स्थानीय वायूको प्रभाव रहेको छ ।

यसपालीको दशैंभर नै बदली तथा वर्षाको संभावना छ । जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन निकालेर अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ । विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : सोमबार, असोज १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij