मनसुनजन्य विपत्तिमा ३९ को मृत्यु, ११ बेपत्ता

मनसुनजन्य विपत्तिमा ३९ को मृत्यु, ११ बेपत्ता

काठमाडौँ — देशभर मनसुनजन्य विपद्का कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकका अनुसार कोशी प्रदेशमा मात्र ३६ र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ।

हालसम्म ११ जना बेपत्ता र १३ जना घाइते भएको विवरण प्राप्त भएको छ।

इलाममा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन्। उदयपुरमा बाढी–पहिरोका कारण २ जनाको ज्यान गएको र एक जना घाइते भएका छन्। खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु र ३ जना घाइते भएका छन् भने भोजपुरमा चट्याङबाट २ जना घाइते भएका छन्। पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।

मधेश प्रदेशअन्तर्गत रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। अन्य जिल्लामध्ये बारामा १, रसुवामा ४, काठमाडौंमा १ जनालाई नदीले बगाएको र मकवानपुरमा चट्याङ लागेर एक जना घाइते भएको जनाइएको छ।

प्रकाशित मिति : आइतबार, असोज १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij