नेपाल एयरलाइन्सले भैरहवामा अलपत्र यात्रुलाई आज काठमाडौं लैजाने

नेपाल एयरलाइन्सले भैरहवामा अलपत्र यात्रुलाई आज काठमाडौं लैजाने

भैरहवा, बाढी, पहिरो र विपद्का कारण यातायात सञ्चालन नभएपछि रुपन्देहीको भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाईन्सले काठमाडौं लैजाने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु र स्थलमार्गबाट काठमाडौं पुग्न नसकेका नागरिकलाई सोमबार आज दिउँसो पौने २ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गरेर ओसार्ने जनाएको छ । बाढी, पहिरो र विपद्का कारण रुपन्देहीलगायत जिल्लामा अलपत्र यात्रुको उद्वारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले सोमबार दिउँसो पौने २ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतले अलपत्र यात्रुलाई सुविधा प्रदान गर्न सोमबार दिउँसो एयरबस ३२० बाट काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्न लागिएको बताउनुभयो । उहाँले अलपत्र यात्री, बिरामी, वैदेशिक रोजगारीमा जाने व्यक्तिको सुविधाका लागि १ सय ५८ सिटको न्यारोबडी जहाजले उडान भर्न लागेको जानकारी दिनुभयो ।

विपद्का कारण गन्तव्यमा पुग्न नसकेर अलपत्र व्यक्तिलाई लक्षित गरेर नेपाल नागरिक उड्यन प्राधिकरणले हिजो राति ९ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्न तय भएकोमा प्राविधिक कारणले रोकिएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : सोमबार, असोज २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij