बाढीपहिरो अपडेट : मृतकको संख्या ६० पुग्यो, १५ जना नाबालक

बाढीपहिरो अपडेट : मृतकको संख्या ६० पुग्यो, १५ जना नाबालक

काठमाडौँ — गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। प्रहरीका अनुसार मृतक मध्ये १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका छन्।

सबैभन्दा बढी इलाममा जनधनको क्षति भएको छ। इलाममा मात्र ३७ जनाको ज्यान गएको छ। त्यस्तै पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेपलाञ्चोकमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्राकृतिक विपत्तिका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ, किनकि धेरै व्यक्ति अझै हराइरहेको प्रारम्भिक जानकारीमा उल्लेख छ।

प्रकाशित मिति : सोमबार, असोज २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij