सगरमाथाको तिब्बत क्षेत्रमा फसेका पदयात्रीलाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइयो

सगरमाथाको तिब्बत क्षेत्रमा फसेका पदयात्रीलाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइयो

प्रतिकूल मौसमका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको तिब्बततर्फको पूर्वी मोहडातिर फसेका ५ सय ८० जना पदयात्रीलाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको छ ।

३ सय स्थानीय पथप्रदर्शक, चौँरीको रेखदेख गर्ने केही मानिसहरू र अन्य सहयोगीहरूसँगै ती पदयात्रीहरूलाई तिब्बतको सानो नगर वोदाङ र आसपासका सुरक्षित क्षेत्रमा पुर्‍याइएको चिनियाँ सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उद्धारकर्मीसहित झन्डै १० जना पदयात्रीसहितको अन्तिम समूह अझै वोदाङ पुग्न नसकेको तर उनीहरू अक्सिजनसहितका आपत्कालीन आपूर्ति व्यवस्था भएको ठाउँमा पुगिसकेका खबरमा उल्लेख छ ।

सप्ताहन्तमा सगरमाथाको तिब्बततर्फको पूर्वी मोहडातिर जाने बाटोमा ठूलो हिमपात भएपछि ती पर्यटकहरू अलपत्र परेका थिए ।

चीनमा ८ दिने राष्ट्रिय बिदा शुरू भएसँगै हजारौं पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए । तर सप्ताहन्तमा परेको हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए ।

 

पछिल्ला वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ ।

प्रकाशित मिति : बुधबार, असोज २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij