पार्किङ बिबादमा तिलोत्तमामा २१ बर्षिय युवाको कुटेर हत्या

पार्किङ बिबादमा तिलोत्तमामा २१ बर्षिय युवाको कुटेर हत्या

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० स्वर्ग रोहिणी देवी घाट सगरहवामा २१ वर्षीय निरज थारुको कुटीकुटी हत्या भएको छ । असोज १६ र १७ गते संगम सहारा युवा क्लव तथा सगरहवा गाउँ समाजद्वारा संयुक्तरुपमा आयोजित मेलामा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा पार्किङको ठेक्का लिएका व्यक्तिहरू र स्थानीय २१ वर्षीय युवक निरज थारुबिच विवाद उत्पन्न भएको थियो ।

घटना अनुसार, मेलाको दोस्रो दिन आपसी झगडा हुँदा तिलोत्तमा नगरपालिका वडा नं १२ बुधबारे निबासी निरजलाई प्रतिवादीहरूले  कुटपिट गरे । कुटपिटका क्रममा उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि उनलाई क्रिमशन अस्पताल मणिग्राममा लगिएको थियो । तर अस्पतालमा भिडियो एक्सरेको सुविधा नभएकोले उनलाई राति नै देवदह मेडिकल कलेज पुर्याइएको थियो ।

देवदह मेडिकल कलेजमा पनि आवश्यक उपचार सुविधा नहुँदा उनलाई भैरहवा मेडिकल कलेजमा स्थानान्तरण गर्नुपरेको थियो। असोज १७ गते राति भैरहवा मेडिकल कलेज लगिएका उनको भोलिपल्ट असोज १८ गते बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये केही जनाले आफैं प्रहरीमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए भने बाँकी व्यक्तिहरूलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो । बुटवल र मंगलापुर प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले घटनाबारे जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको बताए ।

स्थानीयवासीहरूले मेलामा पार्किङ व्यवस्थापन र सुरक्षामा ध्यान नदिएको कारण सामान्य विवादले उग्ररुप लिएको बताएका छन् । मृतकको परिवार र स्थानीय समुदायले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ र दोषीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij