कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ । दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ । 

बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बताउँछिन् ।  बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो

बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेको सहमहामन्त्री उपाध्यायले रातोपाटीलाई जानकारी दिइन् ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ । त्यही मङ्सिरमा नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समितिमा लैजान पदाधिकारी बैठकमा सुझाव आएको हो ।

त्यस्तै सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्नेछ । त्यो बाहेक गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जड के हो भन्ने विषय पनि बैठकको एजेन्डा बन्न लगभग लगभग निश्चित भएको छ ।

धारणा राख्ने अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्न नहुने र मङ्सिरमा नियमित महाधिवेशन राख्नुपर्ने बताएका थिए । कांग्रेसमा नियमित र विशेष महाधिवेशनको कुरा उठिरहेको छ ।

प्रकाशित मिति : शनिबार, असोज २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij