बुटवल, कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या भएको छ।
घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार हत्यामा संलग्न दुई युवक पक्राउ परेका छन् पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन्।
प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला आपसी विवादमा उनीहरूले धारिलो हतियार प्रयोग गरेर टाउको छिनालेका थिए। हतियार र छिनालेको टाउको बोकेर राति घोडाघोडी नगरपालिका–३ स्थित उनीहरू अस्थायी प्रहरी पोस्ट प्रतिखेत नजिक पुगेका थिए।
प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए। हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्