लुम्बिनीमा शान्ति एवं सुगति पाठ

लुम्बिनीमा शान्ति एवं सुगति पाठ

लुम्बिनी, लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ । नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको हो ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आइतबार साँझ आयोजित पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक हुनुभएको संयोजक डा।माणिक रत्न शाक्यले जानकारी दिनुभयो ।

शान्ति एवं सुगति पाठ गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनेहरु सुगतीको कामना गरिएको र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको उहाँले बताउनुभयो ।

आन्दोलनपछि देशमा देखिएको अन्यौलताको अवस्थाको अन्त्य एवं दिगो शान्ति र सुरक्षाको कामना समेत गरिएको छ ।

प्रकाशित मिति : आइतबार, असोज २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij