इजरायलका मानिसहरू सोमबार बिहानैदेखि तेल अभिभको होस्टेज स्क्वायरमा जम्मा हुन थालेका थिए । यहाँ ठूलो संख्यामा मानिसहरूको भीड लागेको छ, जसले बन्धकहरूको प्रतीक्षामा समय बिताइरहेका छन्
इजरायली मिडियाका अनुसार, हमासले सात इजरायली बन्धकहरूलाई गाजामा रेड क्रसका अधिकारीहरूलाई सुम्पिएको छ ।
इजरायली सेनाले पनि बन्धकहरूलाई रेड क्रसलाई सुम्पिएको पुष्टि गरेको छ
हमासले पनि आफूले सात इजरायली बन्धकहरूलाई रेड क्रसलाई सुम्पिएको पुष्ट्याएको छ । इजरायलका नागरिकहरू बन्धकहरूको रिहाइमा खुसीयाली मनाइरहेका छन् । धेरै इजरायलीहरू रिहाइप्रति निकै भावुक देखिएका छन्
उता, प्यालेस्टाइनतिर पनि उस्तै खुसी छ । अलजजिराका अनुसार, केही परिवारहरूले इजरायली जेलहरूमा वर्षौँ बिताएका आफ्ना छोराहरूलाई घरमा स्वागत गर्न तयारी गरिरहेका छन् । तर, अरूका लागि भने अझै अनिश्चितता बाँकी छ ।
परिवारहरू आफ्ना आफन्तहरूलाई कहाँ पठाइन्छ भनेर पत्ता लगाउन पर्खिरहेका छन् । कि त उनीहरू गाजा फर्कनेछन्, वा कब्जा गरिएको वेस्ट बैंक पठाइनेछन्, वा देश निकाला गरिनेछ
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्