अबको तीन दिन बर्षाको सम्भावना

अबको तीन दिन बर्षाको सम्भावना

काठमाण्डौ , आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एकरदुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही ठाउँमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि बुधवार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij