काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको छ । नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको हो ।
उहाँले आज एक्स अकाउन्ट मार्फत मत नै आवाज भन्दै नामावलीमा नाम दर्ता गर्न आग्रह गर्नुभएको हो । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समयसिमा तोकेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्