कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको एकैपटक लोकार्पण

कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको एकैपटक लोकार्पण

तिलोत्तमा, रुपन्देही जिल्लाको भैरहवामा एउटै लेखक कपिल लामिछानेका एउटै प्रकाशक भुँडी पुराण प्रकाशनले एकैपटक प्रकाशित पाँच बालकथासङ्ग्रहको एकैपटक लोकार्पण सम्पन्न भएको छ।

ती बालकथासङ्ग्रहहरू हुन् – जाती आमा ,आफ्नै ठाउँ , भकुन्डे भूत , दुम्सीलाई तक्मा र बिरालाको लोकतन्त्र ।

प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गरेको सो कार्यक्रम कृष्णप्रसाद बस्यालको सञ्चालन, डा। नारायणप्रसाद पन्थको अध्यक्षता र लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा।डा। गितु गिरीको प्रमुख आतिथ्यमा भएको हो ।

 

उक्त पाँच कृतिको लोकार्पण सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिर्जनशील साहित्यिक समाजका अध्यक्ष सरु ज्ञवाली, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली, भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष विजय सागर, प्रसिद्ध साहित्यकार वनमाली निराकार आदिबाट सामूहिक रूपमा भएको हो ।

कृतिकार कपिल लामिछानेका अनुसार एकै लेखकका पाँच बालकथासङ्ग्रहहरूको एउटै मञ्चमा लोकार्पण र परिचर्चा भएको यो पहिलो हो ।

लोकार्पित कृतिको समीक्षा तथा परिचर्चा डा। शालिकराम पौड्याल, डा। प्रेम तिवारी र डा। त्रिभुवन बरईले गर्नुभएको थियो। समीक्षकहरूले उक्त बालकथासङ्ग्रहहरूको समीक्षा र परिचर्चा गर्दै पर्यावरणीय सचेतना, सामाजिक–सांस्कृतिक रूपान्तरण तथा स्वस्थ लोकतान्त्रिक राजनीतिक चेतना दिन यी कृति सक्षम रहेको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।

स्वस्थ मनोरञ्जन, सकारात्मक सन्देश, व्यावहारिक ज्ञान, पर्याप्रेम र देशभक्तिका निमित्त यी सङ्ग्रह स्कुले बालबालिका र तिनका अभिभावक समेतले पढ्नैपर्ने पुस्तक रहेको उहाहरुले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। गितु गिरी, साहित्यकार वनमाली निराकार, बालस्रष्टा सुश्रुतराज न्यौपाने, साहित्यकार रमेश समर्थन, रुद्र ज्ञवाली, सरु ज्ञवाली, भरत पोखरेल, बूँद राना, सखिशरण सुवेदी आदिले मन्तव्य राख्ने क्रममा यी बालकथाको उपादेयता बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नारायणप्रसाद पन्थले यी पुस्तक विद्यालयका छात्रछात्रा तथा अभिभावकका लागि अतिरिक्त बौद्धिक खुराक भएको बताउनुभयो । कृतिकार लामिछानेले यी बालकथा आफूले देश, समाज र बालबालिकालाई ध्यानमा राखेर सिर्जना गरेको र यी आफ्नो दीर्घ साधनाका उपज भएको प्रस्ट पार्नुभयो ।

उक्त पाँच बालकथासङ्ग्रहका बालकथामा चित्राङ्कन चित्रकार राजकुमार प्रजापतिले तयार पार्नुभएको छ भने सम्पादन प्रा।डा। ध्रुवकुमार घिमिरेले गर्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, मंसिर ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij