अदालतका फैसलामा आगजनीले मिसिलमा पुगेका क्षतिको अभिलेख राख्ने क्रम शुरू

अदालतका फैसलामा आगजनीले मिसिलमा पुगेका क्षतिको अभिलेख राख्ने क्रम शुरू

काठमाण्डौ – भदौ २४ गतेको आन्दोलनका क्रममा अदालतहरुमा आगजनी हुँदा मिसिलमा पुगेको क्षतिबारे फैसलामा अभिलेख राख्ने क्रम शुरू भएको छ । मिसिल जलेकाको हकमा पूर्णपाठ तयार पार्दा जलेको बेहोरा जानकारी उल्लेख गर्न थालेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतमा मात्र मुद्दाको फैसला भएका तर पूर्णपाठ लेख्न बाँकी रहेका तीन हजार ६ सय ८७ थान मिसिल नष्ट भएका थिए । मुद्दामा भएको टिपोट, इजलास अधिकृतले तयार पारेको मसौदा र अनलाइन प्रणालीमार्फत निकालिएको विवरणका आधारमा पूर्णपाठ तयार पार्दै त्यसमा आगजनीको विवरण जनाउन थालिएको हो ।

नवयुवा आन्दोलनका क्रममा देशभरका २३ अदालतमा तोडफोड र आगजनी हुँदा चालू, अभिलेख तथा तहसिल शाखाका गरी नौ लाख ३३ हजार ८ सय २३ थान मिसिल नष्ट भएका थिए । यसैबीच सर्वोच्च अदालतले जलेका मिसिल खडा गर्ने कामलाई तीब्रता दिएको छ ।

अदालतले मङ्सिर १ गतेदेखि मुद्दाका पक्ष, सरकारी वकिल तथा सरोकारवालासँग मिसिल कागजात माग गरेर त्यसको परीक्षण र प्रमाणीकरणको काम शुरू गरेको हो । हिजोसम्म एक हजार ५ सय ४० थान मुद्दामा मिसिल प्राप्ति भएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij