नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछ : प्रधानमन्त्री कार्की

नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठककमf प्रधानमन्त्री सुशीला कार्की । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

 

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले नवयुवा आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको बताउनुभयो ।

 

समावेशी विकास र समन्यायको आकाङ्क्षा नवयुवाहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै उहाँले त्यही अनुसार अघि बढ्न सके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने उल्लेख गर्नुभयाे ।

 

प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित हुने गरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनुभयो ।

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij