अन्तर विद्यालय मेयर कप कपडी प्रतियोगितामा इडन बन्यो तृतीय

अन्तर विद्यालय मेयर कप कपडी प्रतियोगितामा इडन बन्यो तृतीय

बुटवल ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ स्कुलले अन्तरविद्यालय मेयर कप कबड्डी प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गरेको छ। मङ्सिर २८ र २९ तथा पौष १ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा इडन इङ्लिस बोर्डिङ स्कुलका छात्राहरूले प्रतिस्पर्धात्मक खेल कौशल प्रदर्शन गर्दै तेस्रो स्थानमा आफ्नो नाम सुरक्षित गर्न सफल भएका हुन्।

अन्तरविद्यालयस्तरीय उक्त प्रतियोगितामा होराइजन माध्यमिक विद्यालय प्रथम, कालिका मानव ज्ञान माध्यमिक विद्यालय द्वितीय तथा इडन इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका थिए।

प्रतियोगिताको सुरुआती खेलमै इडन इङ्लिस बोर्डिङ स्कुलले क्रान्ति माध्यमिक विद्यालय सँग प्रतिस्पर्धा गर्दै जित निकालेको थियो। त्यसपछि दोस्रो खेलमा इन्टरलेक्चुअल एकेडेमी लाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको विद्यालयले सेमिफाइनल खेलमा भने कालिका मानव ज्ञान माध्यमिक विद्यालयसँग पराजय बेहोर्नुपरेको थियो।
शैक्षिक गतिविधिसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिँदै आएको इडन इङ्लिस बोर्डिङ स्कुलले नियमित शिक्षकहरूमार्फत खेलकुदमा रुचि राख्ने विद्यार्थीहरूलाई निरन्तर प्रशिक्षण दिँदै आइरहेको छ। विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तथा उपप्राचार्य कुशल बस्यालका अनुसार विद्यालयले क्रिकेट, भलिबल, कबड्डी, तेक्वान्दो, टेबल टेनिसलगायतका खेलहरूमा विद्यार्थीलाई दक्ष बनाउने उद्देश्यले निरन्तर अभ्यास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त्यसैगरी, तृतीय स्थान हासिल गर्न सफल छात्राहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयका प्राचार्य शिवहरी भट्टराईले इडन इङ्लिस बोर्डिङ स्कुल शैक्षिक उपलब्धिमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलापमा समेत सधैँ अग्रस्थानमा रहँदै आएको उल्लेख गर्नुभयो। यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता, अनुशासन र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।तेस्रो भनेको इरनले ट्रफी मेडल प्रमाणपत्रका साथै  पाँच हजार नगद पुरस्कार पनि प्राप्त गरेको छ ।

प्रकाशित मिति : मंगलबार, पुष १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij