चुनाव केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

चुनाव केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।

चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा निर्णयहरूलाई आत्मसात गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी चुनाव सम्पन्न गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताउनुभयो । उहाँका अनुसार चुनाव लक्षित गस्तीलाई थप प्रभावकारी बनाइँदै पहुँचलाई व्यापक बनाइएको छ ।

अहिलेसम्म लामो दूरीको गस्ती १ हजार १ सय ३६ पटक र सानो दूरीको गस्ती ३ लाख ८९ हजार ९ सय ६० पटक गरिएको छ । ती गस्तीमा १३ लाख ४६ हजार ३२८ जना सुरक्षाकर्मी परिचालित भएका छन् । चुनावमा हुन सक्ने तोडफोड, आगजनी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले दिनानुदिन गस्तीलाई अझ प्रभावकारी बनाउँदै आएको छ । सूचना सङ्कलन, खतरा मूल्याङ्कन, विश्लेषण तथा सूचनाको प्रवाहलाई प्रभावकारी बनाइएको छ ।

सीमाक्षेत्रमा हुने घुसपैठ तथा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पनि नियमित अनुगमनसहित प्रहरी परिचालन गरिएको छ । उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचार–प्रसार तथा विजय जुलुसको सुरक्षालाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले विशेष टोली गठन गरी परिचालन गरेको छ । लुटिएका हातहतियारको पहिचान तथा बरामद गर्नुका साथै फरार कैदीबन्दी र थुनुवाको पक्राउ कार्यमा पनि प्रहरी सक्रिय रहेको जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij