कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ ।

 

२०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो । परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नु पर्ने हुन्छ ।

 

यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले आज निकालेको सूचनामा उल्लेख छ । बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम आउँदो माघ २५ गतेसम्म बुझाइसक्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ ।

 

बोर्डका सम्बन्धित कार्यालयहरुले आ–आफ्नो क्षेत्रभित्रका विद्यालय÷क्याम्पसहरुलाई सूचनाको जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij