काठमाण्डौ – तराईका केही ठाउँमा आज दिनभर हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा हुस्सु तथा मधेश प्रदेशमा कुहिरो लागेको छ ।
भोलि र पर्सि पनि तराईमा हुस्सु र कुहिरो प्रभाव कायमै रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजराति गण्डकी प्रदेशको केही उच्च पहाडी भू–भागमा हल्का पानी र हिमपातको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । चिसोले विशेषगरी तराई/मधेशमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा पनि असर पुर्याएको छ ।
पुस लागेसँगै शुरू भएको चिसो थप बढेपछि सर्वसाधारण, पशुचौपाया तथा कृषि बाली सबैजसो क्षेत्र प्रभावित बनेको छ । काठमाण्डौ उपत्यकासहित देशका अरू ठाउँमा पनि चिसो छ ।
प्रकाशित मिति : आइतबार, पुष १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्