मैनाबगरको अटोभिलेज अझै व्यवस्थित हुँदैछ : नगरप्रमुख पाण्डेय

मैनाबगरको अटोभिलेज अझै व्यवस्थित हुँदैछ : नगरप्रमुख पाण्डेय

बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मैनाबगरमा रहेको अटोभिलेज व्यवस्थित हुँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले धुलो हिलो हुने मैनाबगर अहिले पक्की बाटो तथा ढल व्यवस्थापन भएको र व्यवसायीका माग अनुसारका काम गर्दै अझै व्यवस्थित हुने बताउनुभयो ।

बुटवल अटो इञ्जिनियरिङ एशोसियसन रुपन्देही, लुम्बिनीको ३० औं साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलमा कुनै पनि व्यवसायिक संस्था विस्थापित हुन नहुने बताउनुभयो । उहाँले पोखराका अटो व्यवसायीहरु बिस्थापित हुन लागेको सुन्दा निकै नरमाइलो लागेको बताउँदै व्यवसायी जन्माउन धेरै वर्ष लागेको भन्दै व्यवसायीलाई बिस्थापित नगरी वैकल्पिक मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष प्रेम गौचनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अटोभिलेजले अझै विस्तारका सन्दर्भमा सेटलाईट अटोभिलेज निर्माणको कुरालाई जोड दिनुभयो । उहाँले अवैध चोरी नियन्त्रणको माग समेत गर्नुभयो ।

नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष गोपाल भट्टराईले सबै जिल्ला संघमा अटोभिलेज निर्माणमा पहल गर्ने बताउनुभयो ।

गण्डकी अटो मेकानिकल एक्स एशिसियसन पोखराका अध्यक्ष विष्णु अधिकारीले मेकानिक्स व्यवसाय पछिल्लो समय मेकानिक्स व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनुभयो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टक प्रसाद गैरेले व्यवसायीको हकहित र मर्यादा कायम राख्दै नयाँ प्रविधि र सीपलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पूर्वअध्यक्ष ज्योति भण्डारीले मैनाबगर अटोका व्यवसायी र मजदूरका समस्यालाई समाधान गर्न सकेमा नमुना अटो भिलेज बन्न सक्ने बताउनुभयो ।

संघका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले अबको युवा पुस्ताले नयाँ प्रविधिसंगै सीपमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष प्रेम गौचनले अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिव पुनित पोख्रेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नमराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा ज्येष्ठ सदस्यबाट मोहनलाल पाण्डेय, अनुशासित व्यवसायीबाट टेक बहादुर सिजाली, प्रतिष्ठान सरसफाईबाट दिपेश घिमिरे, सीप क्षमता विस्तारबाट मोहन सुनुवार र महिला व्यवसायीबाट रतनमाया चौधरीलाई सम्मान समेत गरिएको थियो । संघका उद्योग उपाध्यक्ष धुर्वराज भुसालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव पुनित पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij