देउसी भैलो खेलेको रकमबाट जनशक्ति स्कुलमा जुत्ता–चप्पल वितरण

देउसी भैलो खेलेको रकमबाट जनशक्ति स्कुलमा जुत्ता–चप्पल वितरण

 

बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगञ्जमा अवस्थित श्री जनशक्ति भीमप्रसाद गौमता न्यौपाने आधारभूत विद्यालयमा जुत्ता–चप्पल वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई लक्षित गर्दै देउसी भैलो खेलेको रकमबाट श्री मोतिपुर मगर महिला समूह, शिवनगरको आयोजनामा जाडो मौसमलाई ध्यानमा राखी बालबालिकालाई जुत्ता–मोजा वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीले मगर महिला समूहले देउसी–भैलो खेलेर संकलन गरेको रकमबाट अनाथ तथा विपन्न बालबालिकालाई खाना खुवाउनेदेखि जाडोमा जुत्ता–मोजा वितरणसम्मका मानवीय कार्य गर्नु अत्यन्तै प्रशंसनीय भएको बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा सदस्य रामप्रसाद न्यौपानेले श्री मगर महिला समूहले यस क्षेत्रमा सामाजिक सेवा, न्याय दिलाउने कार्य तथा दुःख–कष्टमा परेकालाई सहारा दिने काममा अग्रणी भूमिका खेलेको उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक न्यौपानेले संस्थाले विगतदेखि नै विद्यालयलाई सहयोग गर्दै आएको र यसपटक विद्यार्थीले प्रत्यक्ष देख्न र महसुस गर्न सक्ने खालको सहयोग गरेको बताउनुभयो। रानिगञ्ज–शिवनगर बस्तीका करिब ९९ प्रतिशत विद्यार्थी अध्ययनरत यस विद्यालयका अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर रहेको उनले जानकारी दिनुभयो।
विद्यालयकी प्रधानाध्यापक कल्पना भण्डारीले धेरै विद्यार्थी जुत्ता किन्न नसक्ने अवस्थाका कारण चप्पलमै विद्यालय आउन बाध्य रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी सहयोगको अपेक्षा रहेको बताउनुभयो।
मगर महिला समूहकी अध्यक्ष हिमकुमारी थापाले विद्यालयमा ३० जोडी जुत्ता–मोजा वितरण गरिएको बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य सोरठी संयोजक चन्द्रबहादुर थापाले राखेका थिए भने कार्यक्रम सञ्चालन समूहकी सचिव सुनिता रासकोटीले गर्नुृभयो।
कार्यक्रममा समूहकी उपाध्यक्ष समा थापा, कोषाध्यक्ष झरना सूर्यवंशी, सह–सचिव लीला रासकोटी, सदस्यहरू पुष्पा राना, तारादेवी रासकोटी, धनमाया हिस्की, बसन्ती थापा, सल्लाहकार सरस्वती थापा, मानकुमारी शारु, भुनु माया सिजाली, कृष्णबहादुर थापा, धनबहादुर सिजाली, मोति बलाल तथा सोरठी गुरु छवि रासकोटीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij