मगर संघ रुपन्देहीले माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम गर्दै

मगर संघ रुपन्देहीले माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम गर्दै

बुटवल,  नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले यही पुस २५ गते शुक्रबार भोली बुटवलमा आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष थर्क बाह्रघरे मगरले जानकारी दिनुभयो ।

‘मगर इतिहास, भाषा संस्कृति संरक्षण–सम्वद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । भारतीय चर्चित रियालिटी शो डान्स आइडल विजेता कलाकार तेरिया फौजा मगरको विशेष प्रस्तुती रहने कार्यक्रममा मगर भाषा र संस्कृति झल्किने प्रस्तुतीहरु रहने आयोजकले जनाएका छन्।

बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी कलाकारहरुद्वारा सोरठी, कौडा, झाम्रे लगायतका प्रस्तुतीहरु रहने छन ।

माघे संक्रान्तिको शुभकामना आदानप्रदानसहित आयोजना हुने कार्यक्रममा मगर परम्पराका खानाका परिकारहरु सेलरोटी, बारा, उसिनेको तरुल, अचार लगायतको स्वाद समेत लिन सकिने आयोजक संस्थाका सदस्य शंकर गाह मगरले जानकारी दिनुभयो । कार्यक्रममा मगर समुदायका व्यक्तिहरुले लेखेका पुस्तक प्रदर्शनी तथा भोषभुसा र परम्पराको बारेमा जानकारी गराइने भएको छ । दिउँसो १ बजेदेखि साँझसम्म आयोजना हुने कार्यक्रममा १ हजार बढीको सहभागीता रहने अनुमान गरिएको छ ।

रुपन्देहीमा १ लाख २१ हजार बढीको संख्यामा मगर समुदायको बसोबास छ । माघे संक्रान्तिको अवसरमा विभिन्न पालिका तथा वडा तहमा समेत धुमधामकासाथ यो पर्व मनाउने गरिन्छ । मगर संघ रुपन्देहीले बुटवलमा पहिलोपटक साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो भने आगामी वर्षमा सप्ताहव्यापी रुपमै कार्यक्रम गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij